मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम विद्युत प्राधिकरण ८९ प्रतिशत महशुल उठाउन सफल

अछाम विद्युत प्राधिकरण ८९ प्रतिशत महशुल उठाउन सफल


अछाम। अछामका ३ हजार बढि घरपरिवार यस आर्थिक बर्षमा विद्युतको उज्योलामा जोडिएका छन । गत आर्थिक बर्ष २०७५÷०७६ को अन्तिम सम्म ६ हजार ७ सय ५० घर परिवार विद्युतको उज्यालोमा जोडिएका थिए भने यस आर्थिक बर्ष २०७६÷०७७ मा ३ हजार १ सय ५० थपिएर करिब १० हजारको हारहारिमा पुगेको नेपाल विद्युत प्राधिकरण अछाम वितरण शाखाले जनाएको छ ।

हालसम्म अछाम जिल्लामा ८५ किलोमिटर ३३ केभि, ११ केभि २ सय ४९ किलोमिटर र १ हजार २ सय ४१ किलोमिटर लाईन वितरण सहित साँफेबरगमा समेत स्टेशन जडान गरिएको नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्र प्रमुख विजयराज रेग्मीले बताए। यस बर्ष विपदको बेला अछामका थुप्रै खोलामा रहेका लद्यु जलविद्युत बगाएकाले आवश्यक समन्वय गरेर राष्ट्रिय प्रशारणको लाईन जडान कार्य जारी रहेको उनको भनाइ छ।

नेपाल विद्युत प्राधिकरणको ३५ औँ बार्षिक उत्सवको अबसरमा अछाम जिल्लाको प्रगतीको बारेमा जानकारी दिदै प्रमुख रेग्मीले अछाम केन्द्रले सतप्रतिशत महशुल रकम उठाउन नसकेको बताए । यसबर्ष ८९ प्रतिशत रकम असुली भएपनी अझै ११ प्रतिशत उठ्न नसकेको जानकारी दिए ।

अछामको विद्युत महसुल हुन आउने रकम २ करोड ६२ लाख मध्ये २ करोड ३६ लाख मात्र सँकलन भएको उहाँले बताए । अछामममा अझैपनी ४० जना ग्राहक प्राधिकरणको कालो सुचिमा रहेकाले समयमै महशुल बुझाउन आग्रह गरेका छन् ।

सरकारको लकडाउनको समयमा चैत देखि साउन ७ गतेसम्म हरेक ग्राहकले महसुलमा ब्याज छुट पाएकाले आगामी दिनमा सबैलाई समयमै महशुल बुझाउन समेत आग्रह गरेका हुन् । यतिबेला दिन दिनै कोरोनाभाईरसको संक्रमण तथा जोखिम दिनदिनै बढिरहेकाले महशुल बुझाउन आउदा सबै ग्राहकलाई अनिवार्य मास्क प्रयोग गर्न र भौतिक दुरि कायम गरि महशुल बुझाउन वा सम्भब भए अनलाईनबाट नै बिल बुझाउन उत्तम हुनेमा उनको जोड छ।