बैतडी- लगातारको वर्षाले दशरथचन्द राजमार्ग भासिएको छ। बैतडीको सतबाँझ–मुस्याचौर सडकखण्डको बल्लेजुडोमा आज राजमार्ग भासिएको हो।
कालोपत्र गरेको आधा सडक चिराचिरा परेर भासिएको छ। राजमार्ग भासिदा ठूला सवारी साधन सञ्चालनमा समस्या हुने गरेको चालक मानबहादुर टेरले बताए।
भासिएको सडकमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ। एनले भने, “चार पाङग्रे हलुका सवारी साधन सञ्चालनमा रहेको भए पनि ठूला सवारी साधन सञ्चालनका लागि जोखिम बढाएको छ।”
करिब ५० मिटर जति सडक भासिएको हो। उक्त ठाउँमा गत वर्ष नै सडक छेउबाट भासिन शुरु गरेको थियो। भासिएको सडक मर्मतको काम पनि सँगसँगै थालिएको छ।
लगातारको वर्षाले भने मर्मतमा समस्या आएको डिभिजन सडक कार्यलयले जनाएको छ। – रासस
प्रतिक्रिया