मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीकै अगाडी सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीले सरकारी आदेशको धज्जी उडाएपछि….

गृहमन्त्रीकै अगाडी सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीले सरकारी आदेशको धज्जी उडाएपछि….


धनगढी: कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत गृहले आदेश जारी गरेको छ। संक्रामक रोग नियन्त्रण ऐन अनुसार हरेक जिल्लामा मास्क नलगाउनेहरुलाई कारबाही स्वरुप एक सय जरिवाना तिराइने गरिएको छ।  

गृह मन्त्रलालयले अनिवार्य मास्क लगाएर मात्रै सार्वजनिक स्थानमा जान पटकपटक आव्हान गरिरहेका बेला मंगलबार गृहमन्त्री रामबहादुर थापासँगै रहेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उक्त निर्देशनको धज्जी उडाएका छन्।  

उनी गृहमन्त्रीको टोलीसँगै बाजुराको बाढी प्रभावित क्षेत्रमा अनुगमन तथा राहत वितरणका लागि गएका थिए। तर कानुनमन्त्रीले सरकारी नियम लागू गरेको देखिएन। यसरी सरकारीकै प्रतिनिधिबाट नियमको उंल्लघन हुँदा मन्त्री शाहको अहिले आलोचना भइरहेको छ। – दिनेश खबर