मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशका पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेका कारण देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विभागका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहेको छ । 

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका केही स्थानमा वर्षा भइरहेको छ । 

विभागका अनुसार आज दिउँसो देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

विभागले राति देशभर  सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको म्भावना रहेको विभागको भनाइ छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क रहन विभागले भनेको छ ।