मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी प्रभावित क्षेत्रको अनुगम गर्न गृहमन्त्री थापाको टोली बाजुरामा

बाढी प्रभावित क्षेत्रको अनुगम गर्न गृहमन्त्री थापाको टोली बाजुरामा


बाजुरा: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाढी पहिरो प्रभावित क्षेत्र बाजुरा पुगेका छन्।

साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका बासिन्दा घरविहीन भएपछि सो क्षेत्रको अनुगमनका लागि गृहमन्त्री थापासहितको टोली मंगरबार बाजुरा पुगेको हो।

टोलीमा मन्त्री थापासहित विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख, प्रदेश सरकारका मन्त्री र जिल्लास्थित सुरक्षा निकायका प्रमुख रहेका छन्।

बाढी पहिरो प्रभावितहरुको अवस्था बुझ्न र राहत उपलब्ध गराउन गृहमन्त्री थापासहितको टोली बाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए। 

गृहमन्त्रीको टोली यसअघि नै बाजुरा आउने भनिएतापनि प्रतिकुल मौसमका कारण आउन सकेका थिएनन्।