डोटी : मंगलवार भएको परीक्षणमा सुदूरपश्चिमका थप ४७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा संक्रमण देखिएको हो।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित सबै डोटी जिल्लाका हुन्।
डोटीको पनि शिखर नगरपालिकाका मात्रै ४५ जना संक्रमित रहेका छन्। जिल्लाको शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुषलले बताए।
एक जना संक्रमित दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का छन्। यता सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ७ का ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया