मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले विश्वमा ७ लाख ७१ हजारको मृत्यु

कोरोनाले विश्वमा ७ लाख ७१ हजारको मृत्यु


काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ७१ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ७१ हजार ६३५ को मृत्यु भइसकेको छ । 

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । 

हालसम्म संक्रमितको संख्या २ करोड १७ लाख ५६ हजार ३५७ पुगेको तथ्यांकमा उल्लेख छ ।