मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११ जनाको खोजी कार्य तदारुकताका साथ अघि बढाउन माग

११ जनाको खोजी कार्य तदारुकताका साथ अघि बढाउन माग


अछाम – नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिका वडा नम्बर १ वडा कार्यसमिति मलातीकोटले बाढिले बगाउँदा बेपत्ता भएका ११ जनाको खोजी कार्य तदारुकताकासाथ अघि बढाउन माग गरेको छ ।

आज प्रेस बिज्ञप्ती जारी गर्दे १७ जना मध्ये ६ जनाको शब भेटिसकेको र अन्य ११ जनाको पनी खोजी कार्य तिब्र पार्न जोडदार माग गरेको हो ।

रामारोशन गाउँपालिका यति बेला सोकमा डुबेको छ ,बाढी पहिरोका कारण बगेको सैनी बजार र बाढी प्रभावित मुजाबगर , खाल बजार घट्टे बगरका बाढी प्रभावित लाई तत्काल राहत, उद्धार तथा पुनः स्थापना लागि पहल गर्न स्थानीय प्रदेश सरकारसंग माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।

बाढीपहिरो पछि सडक संजाल बिच्छेद भएको रामारोशन गाउँपालिकामा यातायात सेवा सुचारु गर्नका लागि बैकल्पिक ब्यवस्थाका लागि आवश्यक तत्परता देखाउन स्थानीय प्रशासन सहित सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ ।

वडा सभापति नवराज साउदद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाली काग्रेसका सम्पुर्ण नेता कार्यकर्तालाई राहत र उद्धार खट्न आग्रह गरिएको छ ।