मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीले बगाएर बेपत्ताको तत्काल खाेजि र घाइतेको उद्धार गर्न सांसद बिष्टको आग्रह

बाढीले बगाएर बेपत्ताको तत्काल खाेजि र घाइतेको उद्धार गर्न सांसद बिष्टको आग्रह

सुदूर आज

अछाम – जिल्लाको रामारोशन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाएर अकालमै ज्यान गुमाएका प्रती प्रतिनिधि सभा सदस्य सांसद रामबहादुर बिष्टले समबेदना ब्यक्त गरेका छन ।

मंगलबार राती आएको बाढीले बगाएर बेपत्ता हरुको तत्काल खाेजि र घाइतेहरुको उद्धार गर्नुपर्ने बिस्टले बताएका छन ।

साथै सांसद बिष्टले पीडित परिवार को लागि छिटो भन्दा छिटो सरकारले उचित राहत को व्यबस्था गर्नुपर्ने बताए।

रामारोशन गाउँपालिका ५ सैनीबजारमा मंगलबार राति आएको बाढीले बगाएका ६ जनाको शव फेला परेको छ । तर, उनीहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीमा अझै ११ जना सम्पर्कविहीन छन्। बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।’