मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय सांसद बोगटीको कन्ट्याक्ट ट्रेसिङ सुरु

संघीय सांसद बोगटीको कन्ट्याक्ट ट्रेसिङ सुरु

सुदूर आज

अछाम – बुधबार सुदूरपश्चिमको अछामबाट प्रतिनिधित्व गर्ने संघीय सांसद लाई कोरोना संक्रमण पुष्टि भएको छ। अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

कोरोना पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ। अहिले उनी  कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनमा छन्। कहाँबाट कोरोना स¥यो भन्ने आफूलाई थाहा नभएको तर नजिकै टोलका संक्रमितबाट सरेको हुनसक्ने उनले बताएका छन्। 

उनले आफू बस्ने ललितपुरको टोलमा एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्वाब दिएका थिए।

साउन १७ गते अछामबाट काठमाडौं फर्किएको उनले बताएका छन्। राजधानी पुुगेपछि उनले आफ्नो निवास ललितपुरबाट सिंहदरबार आउजाउ गरेका थिए। साउन २५ गते सिंहदरबारमा नेकपाका ६३ जना सांसदले पार्टी एकताको पक्षमा गरेको हस्ताक्षर गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए।

पत्रकार सम्मेलनमा करिब २५ जना सांसद थिए। बोगटी पनि सहभागी थिए। ती मध्ये धेरै जसोले मास्क लगाएका थिएनन्। – दिनेशखबर