मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बिसिको उपचारका लागि अकोराब अछामद्धारा २२ हजार सहयोग

पत्रकार बिसिको उपचारका लागि अकोराब अछामद्धारा २२ हजार सहयोग


अछाम – मृगौला पिडित पत्रकार धुब्र बिसिको उपचारका लागि सामुदायिक रेडियो प्रशारक संघ नेपाल जिल्ला समन्वय समिती अछामले आर्थिक सहयोग गरेको छ । जिल्ला स्थित सामुदायिक रेडियो र ब्यक्तिगत रुपमा सँकलन गरेको २२ हजार रुपैया बिसिको खातामा जम्मा गरेको हो ।

रेडियो रामारोशनबाट ५ हजार, रेडियो अछामबाट ५ हजार, रेडियो परिवर्तनबाट ५ हजार, ढकारी गाउपालिका वडा नम्बर ७ का स्वयम सेविका सरु देवि थापाबाट ६ हजार, मंगलसेन नगरपालीका वडा नम्बर ६ का सदस्य देबेन्द्र प्रसाद भण्डारीबाट १ हजार गरि सँकलीत २२ हजार रकम उहाँको खाता जम्मा गरिएको जिल्ला संयोजक कमल कुमार रावलले बताए ।

मृगौला प्रत्यारोपणको लागि पत्रकार विसीको उपचारमा सहयोग होस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको रावलले बताउनुस भयो । साथै उनीहरुले सहयोगको लागी सबैलाई आग्रह गर्दै पत्रकार विसीको राष्ट्रिय वाणिज्य बंैक, मंगलसेन शाखा अछामको खाता नम्बर ४२६०१००००६३४२०१० नम्वरमा सहयोग रकम जम्मा गरिदिन गनुरोध समेत गरिएको छ ।

विगत २ महिना देखि दुई वटै मृगौला फेल भएर नियमित काठमाण्डौँमा डायलासिस गराईरहेका बिसिको मृगौला प्रत्योरोपणका लागि यतिबेला थुप्रै क्षेत्रबाट आर्थिक सँकलन कार्यजारी रहेको छ ।