मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीमा बेपत्ताको खोजी, पिडितलाई राहत र घाईतको उपचारमा जोड दिन कांग्रेस अछामको आग्रह

बाढीमा बेपत्ताको खोजी, पिडितलाई राहत र घाईतको उपचारमा जोड दिन कांग्रेस अछामको आग्रह

सुदूर आज

अछाम ।

नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामले कैलाश खोलाका कारण रामारोशनमा गएको बाढी पहिरोले भएको धनजनको क्षति प्रति दुख व्यक्त गरेको छ ।

जिल्ला कार्य समिती अछामले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै रामारोशन गाँउपालिकाको आढेकाद तथा सैनीबजारमा भएको ठुलो धनजनको क्षति प्रति कांग्रेस अछाम स्तब्ध भएको जनाएको छ।

बाढीमा बेपत्ता भएकाहरको तत्काल खोजी कार्यमा जुट्न पार्टी मातहतका निकाय, शुबेच्छुक संघ संस्था लगायत सबैलाई कांग्रेस अछामका सभापति भरत कुमार स्वाँर तथा सचिव नमबहादुर शाहीद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

साथै उक्त घट्नाका पिडितलाई उचित राहत, घाईतेको उपचार तथा क्षतिपूर्तिका लािग अबिलम्ब कार्य गर्न सम्बन्धीत पक्षलाई कांग्रेस अछामले आग्रह गरेको छ ।