अछाम । रामारोशन गाउँपालिका सैनीबजारमा बाढीबाट पीडितलाई नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले मंगलसेनमा ५४ हजार बढी आर्थिक सहयोग गरेको छ । सदरमुकामस्थित कार्यालय र संघसंस्था बाहेक बजार क्षेत्रबाट ५४ हजार पाँचसय ९२ रकम सहयोग संकलन भएको रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगानाले जानकारी दिए ।
बाढी पीडितलाई मानविय सहयोगका रुपमा मंगलसेन बजारमा व्यवसाय गरिरहेका दुईसय ५० व्यक्तिबाट उक्त रकम संकलन गरिएको बताइएको छ । रकम संकलनको अभियान रेडक्रसको मंगलसेन उपशाखा, नागरिक समाज, मंगलसेन युवा सञ्जाल, नेपाल स्काउट, अछाम क्याम्पस युवा रेडक्रस सर्कलको सहगागितामा रकम संकलन गरिएको रेडक्रसक्रमी धनबहादुर केसीले जानकारी दिए ।
संकलित रकम सैनीबजारका पीडितलाई हस्तान्तरण गरिने बताइएको छ । रामारोशनको सैनीबजारमा मंगलबार राती कैलाशखोलाको बाढीले १७ जना वेपत्ता भएकोमा छ जनाको शव प्राप्त भएको छ भने ठूलो भौतिक क्षति भएको छ ।
प्रतिक्रिया