मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११ जना अझै बेपत्ता,६ जनाको मात्र शब भेटियो

११ जना अझै बेपत्ता,६ जनाको मात्र शब भेटियो


अछाम / मंगलवार राती आएको अबिरल वर्षाले रामारोशन गाउँपालिका– ५ सैनीबजार नै बगाएको छ ।

बाढीले सैनीबजारमा रहेका १७ जना बेपत्ता बनाएका मध्ये ६ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख योगेन्द्र सिँह थापाले जानकारी दिए ।

जसमा ३ जनाको परिचय खुलेको छ । ३३ बर्षकि गौरी शाह, ४८ बर्षका चन्द्र साउद र १५वर्षका नविन साउदको शब फेला परेको डिएसपी थापाले बताए ।

मंगलवार राती १ बजे कैलाश खोलामा आएको बाढीले २२ घरका १७ जनालाई बाढीले बगाएको हो । सैनीबजार अहिले बगर बनेको छ । बाढीले एकै घरका सात जनालाई बगाएको छ । स्थानीय नन्दु साउदका ७ जना परिवारलाई बगाएको हो ।

अहिले उनको छोरा नबिनको मात्र शब भेटिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार वाढीमा परि वेपत्ता हुनेहरु ४७ बर्षका नन्दु साउद,साउदकी ४५ बर्षिया श्रीमती गंगा साउद, छोरा १७ बर्षको रुपेश साउद, बुहारी जोगा साउद, नातिनी ६ बर्षकि प्राप्ती साउद, साउदकी सासु उनको नाम खुल्न सकेको छैन, सोहि ठाउँकी ६० बर्षकि जोगा साउद, ४० बर्षकी पबित्रा शाह, ३५ बर्षकि सम्झना शाह, ४५ बर्षको अम्मर शाह, ४ बर्षको समिर शाह, ४५ बर्षको वसु साउद, ४५ बर्षकि लालसरा शाही, वर्ष ९ को वसन्त शाही रहेका छन् ।

राती सुतिरहेको अवस्थामा एक्कासी बाढी आएर बगाएको स्थानीय पुष्प बिष्टले बताए । उनले भने ‘दुई दर्जन मानिस बेपत्ता भएको आशका गरेका छौ,बजारमा होटलमा कति थिए भन्ने जानकारी नै छैन,नाम खुलेका जति सबै यहाँका स्थानीयहरु हुन् ।

अन्यको अवस्थाको बारेमा जानकारी नै छैन ।’ ३ जना घाईतेको स्थानीय स्वास्थ चौकीमा उपचार गरिएको छ । बुधवार दिउसो नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामाग्री र उद्धार टोली सैनीबजार पुगेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्। रामारोशन गाउँपालिकालाई जोड्ने दर्नामा रहेको पक्की पुल समेत भत्किएको छ ।

बाढी र पहिरोले रामारोशनका सडक,खेतियोग्य जमिन, जलबिधुत आयोजना,कुलो नहरहरु क्षतबिक्षत बनाएको छ ।