मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली संसारकै अहंकारी नेता : गगन थापा

प्रधानमन्त्री ओली संसारकै अहंकारी नेता : गगन थापा


काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली संसारकै अहंकारी प्रधानमन्त्री भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश १ द्वारा बुधबार आयोजित ‘श्रमिकमा कोभिड–१९ संक्रमणको जोखिम र सुरक्षाका उपायहरु’ विषयक भर्चुअल कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

उनले नेपालमा कोरोना संक्रमण नहुँदै नागरिकको सुरक्षाका लागि आफू र विज्ञहरुले पटक–पटक सुझाव दिए पनि बेवास्ता गरी संसारकै जान्ने बुझ्ने आफूमात्रै हुँ भन्ने प्रधानमन्त्रीको अहंकारले विषम् परिस्थिति सृजना भएको आरोप लगाए ।

उनले नागरिकको सुरक्षा, रोजगारी गुमाएका युवाको समस्या र दैनिक छाक टार्न गाह्रो भएका श्रमिकको समस्या छोडेर कुर्सीकोलडाइँ,  मन्दिर, धर्म र खोक्रो राष्ट्रवादको नारा, कुनै निरंकुश शासकले पनि गर्न नसक्ने ठोकुवा गर्दै नेकपा नेतृत्वको सरकारमा संवेदना नै नरहेको बताए ।