मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वीकै सबैभन्दा अधिक तापमानको नयाँ रेकर्ड अमेरिकामा

पृथ्वीकै सबैभन्दा अधिक तापमानको नयाँ रेकर्ड अमेरिकामा


बीबीसी । पृथ्वीको अहिलेसम्मकै सबैभन्दा अधिकतम तापमान, ५४.४ डिग्री, अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली नेस्नल पार्कमा रेकर्ड गरिएको नेस्नल वेदर सर्भिसले जानकारी दिएको छ । अमेरिकाको वेस्ट कोस्टतर्फ यो हप्ता तापमान अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

हालको बढ्दो गर्मीको अवस्थाकै कारण क्यालिफोर्नियाका वासिन्दाहरु दुई दिन बत्ती विहिन रहनु परेको थियो । शनिबार पावर प्लान्टमा केही समस्या देखिएपछि यस्तो भएको हो ।

सो क्षेत्रको विजुली सोलार र हावाबाट निकालिने ऊर्जामा निर्भर भएको हुँदा अधिक गर्मीको दिन मानिसहरुले एसी लगायत बत्तीको बढी उपयोग गर्ने हुनाले पावर धान्न नसक्ने अवस्थामा पुग्ने गर्दछ ।  यसबीच त्यहाँको ऊर्जा व्यवस्थापन गर्ने स्वतन्त्र प्रणाली सञ्चालकले बत्ती सम्बन्धी आपूर्ति गर्न सकिने क्षमता भन्दा धेरै गुणा माग भएकाले तेस्रो चरणको आपत्कालीन घोषणा गरेको हो । 

सो तापमान आइतबार देथ भ्यालीको फरनेस क्रिकमा रेकर्ड गरिएको थियो । यो भन्दा अगाडि २०१३ मा मात्र देथ भ्यालीमै ५४ डिग्री तापमान नापिएको थियो । यसरी तापमान बढेसँगै शनिबार क्यालिफोर्नियामा ठूलो ‘फायरएन्डो’ अर्थात आगोको भूमरी जस्तो पनि देखा परेको बताइएको छ ।

यसरी बढ्दो गर्मीले पवार ग्रिड लगायत विभिन्न संरचनाहरु जस्तै हवाइ जहाजको उडानमा प्रभाव पार्नुका साथै सडकहरु पगाल्ने, कार लगायत सवारी साधन भित्र खतरनाक स्तरको अधिकतम तातो उत्पन्न गराइ दुर्घटना गराउने लगायत हुन सक्ने चेतावनी दिइएको छ । त्यसैगरी यसले तरकारी, फलफुल लगायत खेतीमा पनि नकारात्मक असर पार्ने गरेको छ ।