मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा ‘विप्लव’ सेतीमहाकाली ब्युरोको माग : बाढी पीडितलाई क्षतीपूर्ती प्रदान गरियोस्

नेकपा ‘विप्लव’ सेतीमहाकाली ब्युरोको माग : बाढी पीडितलाई क्षतीपूर्ती प्रदान गरियोस्


अछाम : प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाढी पहिरो पीडतलाई उचित राहत र क्षतीपुर्ति दिन माग गरेको छ।

मंगलबार राती अछामको रामारोशन गाउँपालिमा कैलाश खोलाको बाढीले ठुलो जनधनको क्षती गरेपछि पीडित परिवारलाई उचित क्षतीपुर्ति तथा राहत उपलब्ध गराउन माग गरेको हो।

बाढिले बगाएर वेपत्ता भएकाहरुको खोजी कार्यलाई तिव्रता दिन माग गर्दै सेती महाकाली ब्युरोले मृतकप्रती गहिरो संवेदना समेत व्यक्त गरेको छ।

कार्यालय सचिव प्रशान्तद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बाढीका कारण हराई रहेकाहरुको यथाशीघ्र खोजी गर्न, घाईतेहरुको निःशुल्क उपचार गर्न, ज्यान गुमाउनेका परिवारजनहरु र धनजन क्षती भएका जनताहरु लाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न हाम्रो पार्टी राज्य सँग जोडदार माग गर्दछ।’  

यस्तै बाढी पहिरोको जोखिममा रहेका सम्भावित बस्तीलाई  उपयुक्त स्थानमा स्थानान्तरण गर्न समेत माग गरिएको छ।