मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेपत्ताका भएका ११ जना अझै भेटिएनन्

बेपत्ताका भएका ११ जना अझै भेटिएनन्



अछाम – रामारोशन गाउपालिका– ५ सैनीबजारमा बाढीले बगाएका ११ जना अझै बेपत्ता रहेका छन् । बाढीले बगाएको १७ जना मध्ये अहिलेसम्म ६ जनाको मात्र शब फेला परेको छ ।

१५ वर्षीया नवीन साउद, ३५ वर्षीया गौरी शाह र ५४ वर्षीया चन्द्र साउँद,४५ बर्षका अम्मर शाह,४७ बर्षिया लालसरा शाही,२२ बर्षिया बबिता बुढाको शब फेला परेको हो । नबिनको हिजो नै कैलाश खोलामा दाहसंस्कार गरिएको स्थानीय लोकबहादुर शाहले जानकारी दिए ।

अहिले २४ घरपरिवार खुल्ला आकाश मुनी बसिरहेका शाहले जानकारी दिए । उनीहरु राहतको पर्खाइमा रहेको उनको भनाई छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी योगेन्द्रसिंह थापाका अनुसार अहिले पनी खोजी कार्य जारी रहेको छ ।

बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मंगलवार राती परेको पानीले रामाशरोनमा ठुलो धनजनको क्षति गरेको छ ।