मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बीसीको उपचारका लागि युएसएमा चल्यो अभियान, सहयोग गर्न अपिल

पत्रकार बीसीको उपचारका लागि युएसएमा चल्यो अभियान, सहयोग गर्न अपिल


अछाम – पत्रकार ध्रुव बीसीको मिर्गौला रोग उपचार सहयोगकालागि युएसएमा समेत अभियान चलेको छ । त्यहाँ रहेका नेपालीहरुले अभियान चलाएका हुन् । अहिलेसम्म अमेरिकाको मेरिल्याण्ड, टेक्सस, बाल्टिमोर र सेबोगन लगायतका ठाउँबाट रकम संकलन भइरहेको हो ।

दुईदिन यता सबैभन्दा धेरै सेबोगनबाट ९४ हजार बढी रकम संकलन भएको त्यहाँबाट अभियानको नेतृत्वकर्ता नेपालको कैलाली जिल्ला घर भएका बासुदेब जोशीले जानकारी दिनु भएको छ । उहाँका अनुसार त्यहाँ चलाइएको अभियानमा लेखनाथ तिमिल्सिना, गणेश थापा, भरत बिष्ट, ठण्डराज तिमिल्सिना, धर्मराज ढुंगाना, प्रेमलाल चौधरी, केशव बोहरा, शोभा शर्मा (अधिकारी), उज्जवल भाट, लोकराज भट्ट, लालबहादुर भण्डारी, प्रकाश रावल, मानव अधिकारी, सागर श्रेष्ठ, धर्मराज देवकोटा र अमित जिएम लगायतले पहिलो चरणमा पत्रकार बीसीको उपचारका लागि सहयोग गर्नु भएको हो ।

अब त्यहाँ रहेका अन्य ठाउँमा समेत आफुले समन्वय गरिरहेको जोशीले जानकारी दिनुभयो ।
 त्यसैगरी सूदुरपश्चिम समाज मेरिल्याण्डले पत्रकार बीसीको उपचारकालागि भन्दै ३३ हजार २ सय ७४ रुपैयाँ सहयोग गरेको छ । समाजका अध्यक्ष दमन विक्रम शाहका अनुसार अछामका नितेश कुँवरको नेतृत्वमा संचालन गरिएको अभियानमा अछाम, बाजुरा, कैलाली, डडेल्धुरा, कञ्चनपुर, बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका नेपालीहरुले रकम संकलन गरेर सहयोग गरेका हुन् । 


सूदुरपश्चिम समाज मेरिल्याण्डको समन्वयमा अझै अभियान चलिरहेको र अब उठ्ने थप रकम समेत पत्रकार बीसीको उपचारमा खर्च गरिने त्यहाँबाट नितेश कुँवरले जानकारी दिनु भएको छ । अमेरिकाको टेक्सस बाट समेत सहयोग भइरहेको त्यहाँ रहेका अछामको मंगलसेन ३ का कर्णबहादुर बोगटीले जानकारी दिनु भएको छ । त्यस्तै अमेरिकामै रहेका अछामको ढकारी गाउँपालिका ८ का चन्द्रकान्त उपाध्यायले समेत पत्रकार बीसीको मिर्गौला रोग उपचारका लागि सहयोग संकलन गर्न अभियान चलाउनु भएको छ ।

उहाँले हालसम्म त्यहाँ रहेका अधिकांस नेपालीबाट रकम संकलन भइसकेको र अब बाँकी रहेका केही नेपाली सँग रकम संकलन गरेर छिट्टै नेपाल पठाउने तयारी भइरहेको जानकारी दिनु भएको छ । अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक तथा नयाँ पत्रिका र हिमालय टेलिभिजनका सम्बाददाता समेत रहेका पत्रकार बीसी मिर्गौलामा संक्रमण देखिएपछि दुई महिनादेखि काठमान्डौंको आरोग्य स्वास्थ्य प्रतिष्ठानमा डायलाइसिस गराइरहनु भएको छ । उहाँलाई चिकित्सकहरुले नयाँ मिर्गौला प्रत्यारोपण गर्न सुझाब दिएका छन् । पत्रकार बीसीको उपचारमा सहयोग गर्न चाहनेले पत्रकार विसीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक मंगलसेन शाखा अछामको खाता नम्बर ४२६०१००००६३४२०१० नम्वरमा सहयोग रकम जम्मा गरिदिन गनुरोध समेत गरिएको छ ।