मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा कार्यदलले शुक्रबारसम्म प्रतिवेदन तयार पार्ने

नेकपा कार्यदलले शुक्रबारसम्म प्रतिवेदन तयार पार्ने


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शीर्ष तहमा देखिएको विवाद समाधानको प्रस्ताव तयार पार्न बनेको कार्यदलले शुक्रबारसम्म निष्कर्ष निकाल्ने तयारी गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विशेष विवाद देखिएको थियो । स्थायी कमिटी बैठकमा विवाद बढेपछि लगातार स्थगित हुँदै आएको छ ।

महासचिव विष्णु पौडेल नेतृत्वमा रहेको कार्यदलले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा गर्नुनपर्ने गरी निकासको प्रस्ताव तयार पारिएको स्रोतले जानकारी दिएको छ । कार्यदलका एक सदस्यले दिएको जानकारी अनुसार शुक्रबारसम्म कार्यदलले आफ्नो काम सक्नेछ ।

कार्यदलले तयार पारेको प्रतिवेदन दुईजना अध्यक्षलाई बुझाइनेछ । त्यसपछि त्यसलाई सचिवालयको बैठकमा पेस गरिनेछ । सचिवालय बैठकले स्थायी कमिटीमा लगेर लगातार स्थगित हुँदै आएको बैठक अघि बढाउने तयारी गरिएको छ ।

तर ती सदस्यले कार्यदलले तयार पारेको प्रस्तावका बारेमा प्रष्ट खुलाएनन् । अर्का सदस्यले दिएको जानकारीअनुसार अध्यक्ष ओलीले अहिले दुवै पदबाट राजीनामा दिनुनपर्ने गरी निकास निकाल्न सकिने प्रस्ताव तयार पारिएको छ ।

कार्यदल गठन गरेपछि सरकारले लगातार नियुक्ति गरेपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए । विधि–पद्धति मिचेर दुई अध्यक्षले आफूखुसी कार्यदल गठन गरेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएपछि सोमबार सचिवालय बैठक राखेर अनुमोदन गरिएको थियो ।