अछाम – बिहिबार दिउँसोदेखि अछाम सहित यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुँडिएका कारण अछाम सहित डोटी, डडेल्धुरा र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।
अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको अछाम वितरण केन्द्र साँफेबगरले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको रेडियो साँफेबगरका स्टेसन म्यानेजर खम्म खत्रीले बताए।
उक्त प्रशासण केन्द्रका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ ।
विद्युत् सेवा अवरुद्ध भएपछि यहाँका ल्यान्डलाइन टेलीफोन सेवा र एडिएसएल सेवा पनि पूर्णरुपमा अवरुद्ध भएका छन् ।
प्रतिक्रिया