मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिनय रावलले गरे रामारोशनका बाढी पीडितलाई १ लाख सहयोग

बिनय रावलले गरे रामारोशनका बाढी पीडितलाई १ लाख सहयोग


अछाम – जिल्लाको रामारोशनका बाढी पीडितको राहतका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ।

काठमाडौं निवासी विनय रावलले बाढी पीडितको राहतका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन्। ‘एक रातको बाढीले ठूलो जनधनको क्षति भएको छ, तत्काल मृतकको परिवारलाई किरिया खर्चका लागि सहयोग गरेको हुँ’ रावलले भने,‘थप सहयोगका लागि विभिन्न व्यक्ति तथा सस्थासँग समन्वय भैरहेको छ।’

रावलले नेविसंघ अछामका नेता दिनेशकुमार स्वारमार्फत रकम हस्तान्त्रण गरेका हुन्। स्वारले उक्त रकम शुक्रबार नै नेपाली काँग्रेस अछामका सभापति भरतकुमार स्वारको खातामा जम्मा गरिएको जानकारी दिए। बिनय पूर्व गर्भनर डाक्टर तिलक रावलका छोरा हुन्।

उनले केही दिन भित्रै बाढी पीडितका लागि आवश्यक सामग्री पनि सहयोग गर्ने योजना रहेको सुनाए। भदौ २ गते राति रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले सैनीबजार बगाउँदा १७ जना वेपत्ता पारेको थियो।

जस मध्ये ६ जनाको मात्र शव भेटिएको छ भने ११ जना अझैँ वेपत्ता छन्। बाढीले बगाएर ठूलो धनजनको क्षति भएको छ।