मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस रामारोशनद्धारा बेपत्ता ११ जनाको तत्काल खोजी र बाढी प्रभावितलाई राहतकाको प्रबन्ध गर्न जोडदार माग

कांग्रेस रामारोशनद्धारा बेपत्ता ११ जनाको तत्काल खोजी र बाढी प्रभावितलाई राहतकाको प्रबन्ध गर्न जोडदार माग


अछाम : नेपाली कांग्रेस रामारोशन गाउँपालिकाले बाढी पहिरो बाट बेपत्ता भएका ११ जनाको तत्काल खोजिकार्य गर्न तथा बाढी प्रभावित नागरिकलाई राहत सहति क्षतिपूर्तीका लागि जोडदार माग गरेको छ ।

कांग्रेस गाँउपालिकाको आकस्मिक बैठक गरी रामारोशन गाउँपालिकाको कैलाश खोलामा आएको बाढीका कारण भएको ठुलो जनधनको क्षति प्रति दुख व्यक्त गर्दै बाढीले बगाएर निधन भएका ६ जना प्रति गहिरो समवेदना प्रकट गरेको छ ।

बाढीका कारण रामारोशन क्षेत्रका शैनिबजार, अल्याडी, खाल बजार, पुलबजार, मुजाबगर, गजडबजार र बाटुलासेन लगायतका क्षेत्रका बाढी प्रभावित नागरिक लाई सहयोग गर्न नेपाली कांग्रेस रामारोशनले आव्हान गरेको छ ।

नेपाली कांग्रेस रामारोशनका सदस्य पुष्प बिष्टको संयोजकत्वमा ७ सदस्य राहत संकलन तथा उदार समिति गठन गर्दै राष्ट्रिय बाणिज्य बैंक शाखा मंगलसेन र नविल बैंक शाखा रामारोशनमा खाता सन्चालन गरी स्वदेश तथा विदेशमा नागरिक तथा विभिन्न संघसंस्थालाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै वर्षा संगै आएको बाढीले तिमिल्सिैन रामारोशन सडक खण्ड, जलविद्युत, पुल लगायतका थुप्रै भौतिक संरचना पुर्ण रुपमा क्षेति भएर रामारोशन क्षेत्रका जनतालाई दैनिकी चल्न गाह्रो तथा निकै कष्टकर जनजिबन भएको तथा बिरामी हरुलाई उपचार गर्न समेत कठिन भएकाले यथासिग्र सामान्य जीवनयापन तर्फ फर्काउन तथा संरचना सुचारू गर्नका लागि सबै तहका सरकारलाई जोडदार माग गर्ने निर्णय गरिएकोे गाउँ कार्यसमिती सचिव पुर्ण बहादुर बिकले जानकारी दिए ।