मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको थियो । नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेपछि स्थगित हुँदै आएको बैठक अझै सुरु हुन सकेको छैन ।

नेकपाका अध्यक्षद्वयको अनौपचारिक छलफलपछि महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल बनाइएको थियो ।

कार्यदलले लगातारको छलफलपछि प्रतिवेदन तयार पारेको हो । अब उक्त प्रतिवेदन दुई अध्यक्षले छलफलपछि सचिवालय बैठकमा पेस गर्नेछन् ।