अछाम – जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ मा रहेको चैके गडा कभड हलको अनुगमन गरिएको छ । नगरपालिकाको टोलिले नवनिर्मित कबड हलको स्थलगत अनुगमन गरेको हो ।
गत आतिर्थक र्बष ७६÷७७ मा युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरिएको थियो । कर्मागत योजनाको रुपमा पचास लाख रकम विनियोजित भएको कमलबजार नगरपालिका वडा नम्बर ८ चौकेगडा कभड हलको कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्ट, उपप्रमुख भुमिसरण ढकाल बजगाई, प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर बिष्ट लगाएतको टोलिले अनुगमन गरेको हो ।
टोलिले गत बर्षको बजेटले सम्पन्न गरेको काम सनतोसजनक भएको पाएको प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर बिष्टले बताए । कभडं हल चाडै नै निर्माण हुने र कभड हल निर्माण कार्य सम्पन्न पस्चात यस क्षेत्रको खेलकुदले फड्को मार्नेमा आफु विश्वसत रहेको नगर पालिकाका उपप्रमुख भुमिसरण ढकाल बजगाईको भनाई रहेको छ ।
साथै कभड हल निर्माण भईरहेको ठाउँ वरीपरी रहेको सार्वजनिक तथा वन क्षेत्रको जग्गा अतिक्रमण गर्ने तयारी भएको भन्ने गुनासो नगरपालिकामा आएकोले स्थानीयवासीसंग छलफल गरी सोहि क्षेत्रको सार्वजनिक, निजि तथा वन क्षेत्रको जग्गमा कसैले पनि टहरा, छाना नलगाउन, ढुंगा निकासी नगर्न र घर घडेरी नबनाउन नगर प्रमुख ओमप्रकाश बिष्टले आग्रह गरे । उनले कभड हल निर्माणले खेल क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया