काठमाडौं । कोरोनाका कारण सुनसरी, बारा, पर्सा, मकवानपुर, सिराहा र भक्तपुरमा गरि थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षका पुरुष, पर्सामा ६१, ५८ र ४८ वर्षका पुरुष, बारामा ५८ वर्षका पुरुष, सिराहामा ६८ वर्षका पुरुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुरमा ७३ वर्षका पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।
नेपालमा कोरोनाका कारण मृत्युदर ०.५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया