मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन उमेरका ब्यक्तिले कस्तो मास्क लगाउने ? हेर्नुस डब्ल्यूएचओको ‘गाइडलाइन’

कुन उमेरका ब्यक्तिले कस्तो मास्क लगाउने ? हेर्नुस डब्ल्यूएचओको ‘गाइडलाइन’


काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि वयस्कहरुले जस्तै अनिवार्य रुपमा मास्क लगाउन भनेको छ ।

१२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्यूएचओले यस्तो बताएको हो ।

जुन–जुन देशमा जे–जे नियम वयस्कहरुमा लागु भएको छ, त्यही नियम १२ वर्षदेखि माथिका बालबालिकाहरुलाई पनि लागु गर्न डब्ल्यूएचओले भनेको छ ।

यस्तै ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ ।

यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावक हरूलाई आग्रह गरेको छ।

विश्व स्वास्थ्य संगठनले बालबालिकाहरुले कोरोना भाइरस संक्रमण कति फैलाउँछन् भन्ने अझै स्पष्ट भइसकेको छैन तर उनीहरुबाट पनि कोरोना संक्रमण फैलिने जनाएको छ ।

साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ। तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ।