काठमाडौँ – शनिबार राति सम्पन्न क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तल्लावाज १४ रनले पराजित भएको छ।
गुएना अमेजन वारियर्सबिरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र ८ विकेटको क्षतिमा दुई विकेट लिए पनि तल्लावाजको हार जोगाउन सकेनन्।
टस जितेर फिल्डिङ सम्हालेको तल्लावाजले ११९ रनको लक्ष्य पाएको थियो। पहिलो इनिङमा सन्दीपले २, कार्लोस ब्रेथवेट र मुजिव उर रहमानले समान ३/३ विकेट लिएका थिए।
गुएना अमेजनले निर्धारित ओभरमा ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनायो। जहाँ ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाए भने अरुले उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।
जवाफी ब्याटिङमा आएको तल्लावाज पुरा ओभर खेल्दै ७ विकेट गुमाएर १०४ रनमा समेटिएपछि जित गुएनाको पोल्टामा परेको हो।
प्रतियोगितामा तल्लावाजको लगातार दोस्रो हारसमेत हो। उसले तीन खेलमा २ मात्र जित निकाल्न सकेको छ। नेपालका बलर सन्दीपले तीन खेलमा ४ विकेट लिएका छन्।
प्रतिक्रिया