मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनका बाढी पिडीतलाई अनेरास्ववियुद्वारा राहत संकलन

रामारोशनका बाढी पिडीतलाई अनेरास्ववियुद्वारा राहत संकलन


अछाम- अनेरास्ववियु अछामले रामारोशन गाउँपालीकामा भदौ २ गते रातीको बाढी पहिरो पिडितका लागि राहत संकलन गरेको छ ।आईतवार साफेबगरमा पत्रकार सम्मेलन गदै अनेरास्ववियु अछामले ८५ हजार संकलन भएको जानकारी गराइएको हो ।

सुमार्गमा बिधार्थिको कलम रामारोशनको घाउमा अनेरास्ववियुको मलम भन्ने मुल नाराका साथ संकलन गरियको आर्थिक रकम रामारोशन गाउँपालीकाका बाढी पहिरो पिडित लाई हस्तान्तरण गरिने अनेरास्ववियु अछामका जिल्ला संयोजक धुब्र रावलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा जिल्ला कमीटी सचिवालय सदस्य प्रकाश शाहले अनेरास्ववियु अछामले रामारोशन गाउँपालीकाका बाढी पहिरो पिडितका लागि थालेको अभियान त्यहाका बाढी पहिरो पिडितलाई थोरै भएपनी घाउमा मलम पट्टीको काम हुने वताए । गृह मन्त्री सहितको टोलिले अुगमन निरिक्षण गरेको हुदाँ तत्काल राहतको कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको हुदा त्यहाका बाढी पहिरो पिडितले राहत सहित पुन स्थापना हुनेमा बिश्वस्थ रहेकोले नेकपा अछामले समेत दिर्घकालिन कार्यक्रमको लागि नेत्तृत्वलाई आग्रह गरेको उनले बताए।

पत्रकार सम्मेलमा बोल्दै साफेबगर नगर ईन्चार्ज सिलोज कुवरले अनेरास्ववियुले राहत संकलन गरेर राम्रो काम गरेको छ आगामि दिनमा यस्ता खालका कार्य जारी राख्नु पर्ने अनेरास्ववियुले गर्ने कार्यमा आफु सधै हातेमालो गर्न तयार रहेको वताए । रामारोशन गाउँपालीकाका बाढी पहिरो पिडितका लागि संकलन गरेको रकम साफेबगर नगरपालिका क्षेत्रवाट संकलन गरिएको अनेरास्ववियुले जानकारी दिएको छ ।

अनेरास्ववियु अछामले संकलन गरेको रकम रामारोशनका बाढी पहिरो पिडित लाई आज नै हस्तान्तरण गरिने विद्यार्थी नेता मीन बाब्लिले जानकारी दिए ।