सुुवास अधिकारी, अछाम।
नेपाल रेडक्रस सोसाइटि उपसाखा कमलबजारले जिल्लाको रामारोशन गाउपालिकामा भएको बाढी पिडितका लागि १९ हजार ३ सय ६७ रुपया राहात सहयोग संकलन गरेको छ।
उक्त रकम नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा अछामका मन्त्री धुुर्ब कुुमार साहि र कोषाध्यक्ष टेक बहादुुर शाहलाइ हस्तान्तरण गरीएको उपसाखा सभापति गोबिन्द प्रसाद ढकाललेजानकारी दिए।
यहि भाद्र २ गते राति आएको अबिरल बर्षा का कारण आएको बाडिले ७ जनाको मृत्युु र १० जना अहिले सम्म पनि हराइ रहेका छन । कमलबजारका ब्यबसाहि समाजसेबि शिक्षक लगाएतबाट सो राहात सहयोग संकलन गरीएको शिक्षक तारा बहादुुर बिष्टले बताए ।
बिपतको अवस्थामा सानो सहयोगले पिडितलाइ टेवा पुुग्ने उदेश्यले राहात संकलनमा सरिक भएको उपसाखा सचिब लोकेन्द्र चलाउनेको भनाई छ ।
राहात संकलन अभियानमा नेपालि कांगे्रस जिल्ला कार्यसमिति सदस्य तप्त बहादुुर बिष्ट, नेकपा नगर अध्यक्ष खेम जैसि , नेपालि कांगे्रस नगर सभापति सर्प बहादुुर बिष्ट, शिक्षक रुपानन्द उपाध्याय, आइएम इ लाइफ इन्सोरेन्स कमलबजार उपसाखा प्रमुख महेस जैसि लगएतको सहभागिता रहेको थियो।
प्रतिक्रिया