अछाम – जिल्लाको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले कैलाशखोलामा आएको बाढिले नगरक्षेत्र भित्र पर्ने खेतमा गरेको क्षतिको स्थलगत अनुगमन गरेका छन् ।
भदौ २ गते राति क्षति गरेपछि ३ गते देखि नै प्रत्येक खेतको गरा गरामा पुगि अनुगमन गर्नु भएका नगरप्रमुख बोहराले चित्रेको दोभान देखि रामारोशनको सैनिबजारसम्म कैलाश छेउबाट पैदल हुदै खेतमा क्षति भएको विवरण सँकलन गरेका हुन् । आफु नेतृत्वको टिमले स्थलगत अनुगमन गरिसकेकाले आगामि दिनमा प्रत्येक किसानको जग्गाको क्षेत्रफल तथा कित्ता कति कटान भएको छ त्यसका आधारमा राहत दिईने बताए ।
किसानको क्षति वडा अध्यक्ष मार्फत निवेदन प्राप्त भएपछि कार्यपालिका बैठकमा छलफलका साथ अघि बढने उनको भनाई छ । तत्काल रामारोशन गाउपालिका बासिमा ठुलो क्षति परेकाले दुख ब्यक्त गर्दै नगरप्रमुख बोहराले प्रदेश र केन्द्र सरकारको बिशेष सहयोग हुनुपर्ने भनाई राखे ।
दर्नाको सेरी पुलदेखि चित्रे दोभानसम्मका खेतहरु बनाउनका लागि सरकारको लागनी आवश्यक रहेको उनको जोड छ । किसानहरुलाई भेट्दा उनिहरुको गासमा समेत दशा आईपरेकाले सहयोगका लागि सोच्नु पर्ने अबस्था आएको नगर प्रमुख बोहराले बताए।
प्रतिक्रिया