मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवाह नभएका केटी नै विश्वका सबैभन्दा खुसी भएकाे प्रमाणित

विवाह नभएका केटी नै विश्वका सबैभन्दा खुसी भएकाे प्रमाणित


एजेन्सी – शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनमा बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ ।

एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको प्रमाणित भएकाे छ ।

यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको छ ।

यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने छन् । एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसी छन् ।

धेरै अभिभावकहरुसँगको आफ्नो खुलस्त अन्र्तक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको हाे ।