मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख बढी

भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख बढी

सुदूर आज

काठमाडौं । भारतमा तीव्र गतिमा फैलिएको कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ३१ लाख ६ हजार ३४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ४०८ संक्रमित थपिएका छन् । सोही अवधीमा ८३६ संक्रमितको मृत्यु भएको छ । संक्रमित र मृत्यु दुबै अघिल्लो २४ घण्टाको तुलनामा केही कम हो । 

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।