धनगढी : मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८÷८ र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले बताए।
प्रतिक्रिया