बाजुरा – जिल्लामा लगातारको अविरल वर्षासंगै आएको बाढीमा परि ज्यान गुमाउनु भएकी झिमा ल्वारको परिवारलाई नगर प्रमुख पदम कुमार गिरीले आर्थिक सहयोग गरिएका छन् ।
बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले बाढीमा परि ज्यान गुमाउनु भएकी ल्वारको परिवारलाई १० हजार आर्थिक सहयोग गरेका हुन् ।
गत सताको मंगलवारको अविरल वर्षासँगैको बड्डीगाड खोलामा आएको बाढीमा परि ज्यान गुमाउनु भएकी वडा नं ६ दैयाकी ल्वारको परिवारलाई आर्थिक सहयोग गरिएको उनले बताए । नगर प्रमुख पदम कुमार गिरी लगायतका चार जनाको संयुक्त सहयोग स्वरुप १० हजार रकम हस्तान्तरण गरेको गरिएको हो ।
वडा नं ६ दैयाकी ल्वारको परिवारलाई नगर प्रमुख गिरी, वडा नं एकका वडा अध्यक्ष निर्पराज खत्री, नेपाली काँग्रेसका नेता अंग रावत, दयाराम पाण्डेय र विद्यार्थी युवा नेता स्थिर देवकोटा लगायतले संयुक्त रुपमा १० हजार रकम सहयोग गरेको लाल बहादुर रोकायाले जानकारी दिए ।
नगर प्रमुख गिरीले ज्यान गुमाउनु भएकी ल्वारको परिवारलाई भेटेर समवेदना प्रकट गर्दै आर्थिक सहयोग स्वरुप सो रकम हस्तान्तरण गरेको सुदूरआजलाई जानकारी दिए ।
प्रतिक्रिया