अछाम । मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ निवासी युवा समाजसेवी पुरन रावलले रामारोशनका बाढी पिडितका लागि अार्थिक सहयोग गर्नु भएको छ ।
रामारोशन गाउपालिकाका उपाध्यक्ष सरस्वती रावललाई १० हजार १ सय रुपैया हस्तान्तरण गर्दै अार्थिक सहयोग रावलले गरेका हुन ।
कैलाशकाे बाढिले ज्यान गुमाएका परिवारका अाफन्तलाई क्रिया खर्च स्वरुप राहत पुगोस भनेर सहयोग गरेको उहाले बताउनु भयो ।
रामारोशन गाउपालिका ५ चौकामा जनज्योति बोर्डिग स्कुल सन्चालन गर्दै अाएका रावलले अागामि दिनमा समेत दुख पिडामा परेका नागरिकलाई अावश्यक राहत सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।
प्रतिक्रिया