अछाम – जिल्लाको कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय एक टोलिद्धारा अनुुगमन गरेको छ ।
विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ कोरना भाइरसको परीक्षणको दायरालाई बढाएर कोरोनाको जोखिमलाई कम गर्ने उद्धेश्यले कमलबजार नगरपालिका र अछामका केहि स्थानीय तहको सहयोगले संञ्चालनमा आउन लागेको पिसिआर मेसिन जडान गर्ने काम के कसरी अगाडि बडिरहेको छ र नगरपालिकाले स्थापना गरेको क्वारेनटाइन र आइसोलेसनको अवस्थाको बारेमा बुझन जिल्लाको एक टोलि कमलबजार आएको हो ।
पिसिआर मेसिन, क्वारेन्टाइन, आइसोलेसनको अनुुगमन पश्चात जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुुँवरले छिटो भन्दा छिटो पिसिआर मेसिन सञ्चालनमा ल्याउन नगर प्रमुुख ओम प्रकास बिष्ट लागायत नगरपालिकाको टिमलाई अनुुरोध गर्नु भएको छ । पिसिआर मेसिन सफल रुपमा सञ्चालन गर्न अछामका सबै स्थानीय तहले सहयोग गर्नुु पर्ने धारणा राख्नु भयो । उहाँले आफुु र आफनो कार्यलयबाट हुुने सहयोगमा प्रतिबद्ध रहेको बताउनुु भयो ।
यस्तै प्रमुुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले नगरपालिकामा रहेका क्वारेन्टाईन र आइसोलेसनको अवस्था तुुलनात्मक रुपमा राम्रै रहेको बताउनुु भयो । पिसिआर मेसिन सञ्चालनमा आवश्यक रुपमा समन्वय र सहजिकरणमा जुुनसुुकै बेला पनि सहयोग गर्न तयार रहेको बताउनुु भयो ।
अनुुगमन टोलिसंगको छलफलमा कामलबजार नगरपालिका नगर प्रमुख ओमप्रकास बिष्टले पिसिआर मेसिनका धेरै उपकरण आएर जडान भइसकेको र केहि उपकरणहरु बन्दका कारण आउन ढिलाई भएको तर अबको एक हप्ता भित्र सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुु भयो ।
जिल्ला समन्य समितिका प्रमुख नर बहादुर कुुँवरको संयोजकत्मा आएको टोलिमा जिल्ला समन्य समितिका उपप्रमुुख टोप बहादुर रावल, प्रमुुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यय, साहायक प्रमुख जिल्ला अधिकारी नन्द किसोर यादव, अछामका प्रहरी प्रमुख योगेन्द्र सिंह थापा, स्वास्थय कार्यालय अछामका प्रमुख झनक ढुंगाना, अनुुसन्धान अधिकृत नरेस बम, कमलबजार नगरपालिका नगर उपप्रमुख भुुमिसरण ढकाल बजगाई, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्ट पत्रकार महासंघ अछामका सदस्य अमर धामी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया