अछाम – कमलबजार नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठिको उद्घाटन कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठि कमलबजार नगरपालिकाको आयोजनामा भएको हो ।
नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतामा लभएको गोष्ठीका प्रमुख अथिति जिल्ला समन्यय समिति अछामका प्रमुख नर बहादुर कुँवर रहनुु भएको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै कुुँवरले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न स्वास्थ्य कर्मीलाइ अनुुरोध गर्नु भयो । स्वास्थ्य क्षेत्रमा राम्रो कार्यक्रम ल्याउन पनि उहाँले सुुझाव दिनुु भयोे ।
कार्यक्रममा विशिष्ट अथितिको आसनबाट बोल्दै प्रमुुख जिल्ला अधिकारी गोकर्ण उपाध्ययले स्वास्थ्यकर्मीलाइ विभिन्न ठाउन्बाट दुुव्र्यवहार हुने गरेको र यस्तो कार्य कसैले पनि नर्गन हुन अनुुरोध गर्नुु भएको छ । कोरना भाईरस महामारीको रुपमा फैलिरहेको अवस्थामा स्वस्थ्यकर्मीको मनबोल उच्च राख्न सक्नुु पर्ने धारणा व्यतm गर्नुु भयो ।
यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख टोप बहादुर रावल, सायक प्रमुख जिल्ला अधिकारी नन्द किसोर यादब, अछामका प्रहरी प्रमुख योगेन्द्र सिह थापा, अनुसन्धान अधिकृत नरेश बंम विशिष्ट अथिति रहनु भयको थियो ।
कमलबजार नगरपालिका उपप्रमुख भुुमिसरण बजगाइले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा कोभिड १९ कोरना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि हाल सम्म गरिएका महत्वपुुर्ण कृयाकलाप तथा गत बर्ष असाढ सम्मको खर्च विवरणका बारेमा कमलबजार नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्टले जानकारी गराउनु भएको थियो ।
उतm कार्यक्रको उदेश्य र नयाँ रणनिति तय गर्ने बारे जनस्वास्थ्य अधिकृत एवम कमलबजार नगरपालिका स्वास्थ्य साखा प्रमुुख चक्र बहादुर बिष्टले जानकारी गराउनु भयो । २ दिन सम्म चल्ने बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठिको सहजिकरण स्वास्थ्य कार्यलयका प्रमुख झनकराज ढुुंगाना, कमलबजार नगरपालिका स्वास्थ्य साखा प्रमुख जनस्वास्थ्य अधिकृत चक्र बहादुुुर बिष्ट, हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्ट लगाएतले गरि रहनुु भएको छ ।
१० ओटै वडाका वडा अध्यक्ष र नगर भित्र कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रको सञ्चालन स्वास्थ्य शाखाका टंक भण्डारीले गर्नुु भएको थियो । समिक्षा गोष्ठि भोलि सम्म सचालन हुने जनाईएको छ ।
प्रतिक्रिया