मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनका बाढी पिडितलाई साँसद बिष्टको एक लाख बढी सहयोग

रामारोशनका बाढी पिडितलाई साँसद बिष्टको एक लाख बढी सहयोग


अछाम – नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिकाले बाढी पिडितका लागि सुरु गरेको राहत संकलन तथा उद्वारमा रकम संकलन हुने कार्यले तिव्रता पाएको छ । राहतका लागि धेरै क्षेत्रबाट सक्रिय सहयोग प्राप्त भईरहेको समितिका संयोजक पुष्प बिष्टले बताए ।

भदौ २ गते रामारोशन क्षेत्रमा भीषण बर्षासँगै आएको बाढीले बेपत्ता, मृतक, विस्थापित तथा पिडित परिवारका लागि सहयोग स्वरुप राहत संकलन अभियान सुरु गरिएको थियो । संकलनका लागि खडा गरिएको कोषमा बुधबार मात्रै १ लाख ८७ हजार ६ सय ११ रुपैयाँ जम्मा भएको छ ।

बाढी पिडितको सहयोगको लागि भन्दै अछाम क्षेत्र नं. २ बाट प्रतिनिधत्व गर्ने प्रतिनिधि सभा सदस्य रामबहादुर बिष्टले १ लाख ११ हजार १ सय ११ रपयाँ सहयोग गरेका छन् । उनले बिस्थापित र पिडित परिवारका लागि केही हद्सम्म राहत मिलोस भन्दै सहयोग गरेको बताए । साथै उनले सबैले यस अप्ठेरो परिस्थितीमा सहयोग गर्न समेत आग्रह गरे ।

साँसद बिष्टले बुधबार सहयोग रकम पठाएका संकलन समिति संयोजक बिष्टले बताए । यस्तै बान्निगढी जयगढ ६ दर्ना स्थायी घर भइ हाल जापानमा रहनु भएका ज्ञानेन्द्र बहादुर शाहबाट ५५ हजार ५ सय रकम प्राप्त भएको छ भने ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्य समिति अछामले पनि २५ हजार सहयोग गरेको छ ।

विपतको समयमा सबैखालको सहयोग गरिदिन समेत नेपाली काङ्ग्रेस रामारोशनले सबैमा आग्रह गरेको छ ।