काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनका कारण रोकिएका परीक्षा दशैंअगाडि सञ्चालन गर्न नसकिने जनाएको छ।
कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन गर्ने सम्भावना नरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिएका छन्।
उनले तत्काल परीक्षा सञ्चालन गर्ने अवस्था नरहेको तर थोरै विद्यार्थी भएका संकायको भने दशैं अगाडि नै परीक्षा सञ्चालन गर्ने सम्भावना रहेको बताए।
परीक्षा गराउने विधिबारे भने डिन कार्यालयमा भने छलफल भइरहेको रजिष्टार दाहालले बताए।




















प्रतिक्रिया