बाजुरा – जिल्लाकाे बडिमालिका नगरपालिका वडा नं २ घाघरका बाढी पिडितलाइ नेपाली काँग्रेसका युवा नेता गाेपाल कार्किले ४० हजार बराबरकाे लुगा कपडा राहात सहयाेग गरेका छन् ।
उनले वडा नं २ घाघरका २० परिवारलाई पाइन्ट,सर्ट, टाउजर,जकेट, बच्चाका लुगा गरि ४० हजार बराबरकाे राहात सहयाेग गरेकाे बताएका छन ।
गत साउन २५ गते राती अाएकाे अविरल वर्षासंगैकाे बाढीले वडा नं २ का एक जना महिला बेपत्ता भएकी थिइन् भने केहि परिवार बिस्थापित भएका थिए र बुढीगंगा नदिछेउछाउका सबै खेतियाेग्य जमिन बगाएकाे हो ।
अहिले बाढी प्रभावित क्षेत्रमा जिल्ला विपत व्यवस्थापन समित मार्फत र जिल्लामा संचालित सरकारी तथा गैरसरकारी संस्था र व्यक्ति मार्फत राहात वितरण गरेका थिए ।
प्रतिक्रिया