अछाम – नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले रामारोशनका बाढी पहिरो बाट निधन भएका परिवारलाई क्रिया खर्च स्वरुप पहिलो चरणको राहत वितरण गरेको छ ।
बाढीबाट निधन १७ जनाका भएका ८ परिवारका अाफन्तहरु लाई जनही तीन हजारका हजारका दरले एकाउन्न हजार रुपैयाँ वितरण गरेको कांग्रेस रामारोशनका राहत संकलन तथा उद्रार समितिका संयोजक पुष्प बिष्टले बताए ।
राहत संकलन कार्य भइरहेकाले केहि दिनमै वाढी प्रभावित जनता सबै लाई राहत वितरण गर्ने अहिले मृतक परिवारलाई क्रिया खर्च स्वरुप सानो पहिलो चरणको अार्थिक सहयोग गरेको संयोजक बिष्टले बताए। मृतक प्रति शोक सभा गर्दै नेपाली कांग्रेस रामारोशनले पिडतलाइ उक्त राहत हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल, नेपाली कांग्रेस जिल्ला सदस्य मीन ब शाह, प्रदेश सभा ख का सभापति डम्बर स्वार ,नेकपा रामारोशन गाउँ पालिका सचिव पदम शाह, नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर बिक, कांग्रेसको राहत संकलन तथा उद्रार समिति संयोजक पुष्प बिष्ट, शिक्षक काली बुढा, ललिता खत्री, लम्की क्याम्पसका स्ववियु सभापति ललित जैशी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया