एकेन्द्र खत्री, अछाम।
जिल्लाको रामारोशन गाउँपालीका वडा नम्बर ४ बाटुलासेनको छडेना टोलमा बाँदरले मकै बाली सखाप पारेका छन् । केही समय पहिले उक्त टोलमा सलह किरा र फेदकटुवा किराबाट जोगाइएको मकै पाकेर भित्रयाउने समयमा बाँदरले किसानले लगाएको मकै खाएर हैरान पारेका छन् ।
छडेना टोलमा ९३ घरधुरी छन् । गाउँपालीकाको केन्द्र बाट र वडा कार्यलयको केन्द्रबाट निकै टाढा रहेको उक्त गाउँमा हिउँदे बाली गहुँ पानी नपाएरै सुक्छ भने वर्खेबाली मकै सधै बाँदरले खाएर सक्छन । ग्रामीण क्षेत्रका जनताको मुख्य पेशा र जीविकोपार्जनको आधार बनेको मकै खेती नै बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
छडेनाका किसान लक्ष्मी खत्रीले पहिले पहिले दिउसो मात्रै आउने बाँदर पछिल्लो समय रातीको समयमा पनी आएर नष्ट गरेको भन्दै दुखेसो पोखिन् । वर्षेनी अन्नबाली काँदरले नष्ट गर्दा गाउँबाट निकै टाढा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको अर्का कृषक बिमा न्यौपानेले बताए ।
बादरले मकै संगै यस क्षेत्रमा लगाएको वेमौषमी तरकारि पनि खाइदिने गरेको छ । यस्तै पंञ्चदेवल विनायक नगरपालीका वडा ८ पुल्लेतोता र वडा नम्बर ६ तोलीमा समेत बाँदरले मकैबाली लगायत खोला छेउछाउमा लागइएको धान पनी नष्ट पार्न थालेको पुल्लेतोलाका कृषक कटक बटालाले बताए।
६ महिनालाइ खान पुग्ने मकै बादरले नष्ट गरिदिएपछि अव कसरि परिवार पाल्ने भन्ने चिन्ताले किसानलाइ पिरोल्न थालेको छ । उक्त क्षेत्रमा अहिले सामुदायीक बनमा सथानीयको रेखदेख रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे ।
बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न नपाइने भए पछी बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन् ।
प्रतिक्रिया