मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बिसीको उपचारका लागि तुर्माखाँदका बिभिन्न क्षेत्रबाट ९४ हजार सहयोग

पत्रकार बिसीको उपचारका लागि तुर्माखाँदका बिभिन्न क्षेत्रबाट ९४ हजार सहयोग

"७ बर्ष देखि भारतमा उपचारार्थ धमालीका बिरेन्द बहादुर बिष्टलाई पनि ९५ हजार बढी सहयोग"


“७ बर्ष देखि भारतमा उपचारार्थ धमालीका बिरेन्द बहादुर बिष्टलाई पनि ९५ हजार बढी सहयोग”

अछाम । दुबै मृगोला फेल भई उपचाररार्थ पत्रकार धु्रव बिसीको उपचारमा सघाउ पुरयाउन विभिन्न क्षेत्रबाट सहयोग हुने क्रम जारी रहेको छ ।

उपचारका लागि लाग्ने रकम अझै पनि कम हुदाँ सहयोग रकम जुटाउन यस क्षेत्रका नागरिक, समाजसेवी स्थानिय तह लगायत लागि परेका छन् ।

यसै बिच तुर्माखाँद गाँउपालिकाका जनप्रतिनिधि, कर्मचारी, गैरसरकारी संस्था तथा व्यापारीहरुले रकम संकलन गरी उपचारार्थ पत्रकार बिसीको नाममा जम्मा गरेका छन् ।

दुबै मृगौला फेल भएर बिरामी अस्पतालको जीवन बिताईरहेका पत्रकार बिसीको उपचारका लागि त्यस क्षेत्रबाट संकलन भएको ९० हजार ८ सय रकम जम्मा गरिएको हो ।

यस्तै बिगत ७ बर्ष देखि भारतको हैदराबादमा डाईलासिस गराईरहनु भएका तुर्माखाँद गाउँपालिका वडा न. ८ धमाली स्थाई घर भएका बिरेन्द बहादुर बिष्टलाई पनि सहयोग रकम संकलन गरि पठाईएको छ ।

बिष्टलाई त्यस क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, गैरसरकारी संस्था तथा व्यापारीहरुले ९५ हजार ८ सय रकम संकलन गरि पठाएका हुन् । दुबै जनाको उपचारका सहयोग पुगोस भनेर रकम संकलन गरि पठाईएको गाँउपालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।