मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा ९ जना कोरोना संक्रमित थपिए

डोटीमा ९ जना कोरोना संक्रमित थपिए


सिलगढी : डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो। आज थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन्।

प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरी ९ जनामा कोरोना पुष्टि भएको बताए।