मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार सुदूरपश्चिम प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिए

शुक्रबार सुदूरपश्चिम प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिए


धनगढी : सुदूरपश्चिममा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शुक्रवार थप ४५ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ४४ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १९ र कञ्चनपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो।

सबैभन्दा बढि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० जना, महाकाली नगरपालिकाका चार जना, पुनरवास नगरपालिकाका दुई र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका ६, बर्दगोरीका पाँच, चुरे गाउँपालिकाका चार, धनगढी उप–महानगरपालिकका दुई, घोडाघोडी नगरपालिकाका एक जना र स्थानीय तह नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ। 

उता डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप नौँ जनामा कोरोना पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन्। प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरी ९ जनामा कोरोना पुष्टि भएको बताए।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज एक सय एक जनाको कोरोना परीक्षण भएकोमा कसैमा पनि संक्रमण देखिएको छैन्। शुक्रवार ४५ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ३९ पुगेको छ।

संक्रमण पुष्टि भएका चार हजार सात सय ९१ ज्नाले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भएको छ। – दिनेशखबर