मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लामा वाढी र पहिरोले पु¥याएको क्षेत्रको राष्ट्रिय सभा सदस्य कुँवरले गरे स्थलगत निरिक्षण

जिल्लामा वाढी र पहिरोले पु¥याएको क्षेत्रको राष्ट्रिय सभा सदस्य कुँवरले गरे स्थलगत निरिक्षण

सुदूर आज

अछाम – राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले एक हप्तासम्म अछाममा वाढीप्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । भाद्र ५ गते रामारोशनमा बाढी पु¥याएको क्षेतिको निरिक्षण तथा पिडितलाई भेटघाटका लागि आउनु भएको राष्ट्रिय सभा सदस्य कुँवरले चार दिनसम्म रामारोशन गाउँपालिको स्थलगत निरिक्षण गरेका हुन् ।

वाढीवाट सवैभन्दा वढी प्रभावित भएको रामारोशन गाउँपालिकाको वडा नं.५ सैनिबाट उनले निरिक्षण तथा पिडितलाई भेटघाट गरेका थिए । वाढीबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई भेटभाट गरेर सान्तवना दिनुका साथै त्यहाँका स्थगलगत निरिक्षण गरेका हुन् ।

रामारोशन गाउँपालिकाको साडेना, धनेसल्ला, पातल, रोलकिमडी, रामे क्षेत्र, दल्लेना, तल्लो पातल, मल्लो पात, चौका, सान्तडा, पुल वजार, खाल वजार, मुजाबगर, गजड वजार र दर्ना क्षेत्रमा वाढी र पहिरो पु¥याएको क्षेतिको कुवंरले निरिक्षण गरे । बस्ति बस्तिमा पुगेर स्थलगत निरिक्षण गरेका राष्ट्रिय सभा सदस्य कुँवरले निरिक्षणका क्रममा त्यहाँका जनतासँग भेटघाट पनि गरेका हुन् ।

रामारोशन गाउँपालिकाको प्रभावित क्षेत्रका जनताको घरदैलोमा पुगेर स्थानीयबावसिन्दासँग छलफल गर्नुभएका कुँवरले वाढीबाट ज्यान गुमाएका व्यक्तिलाई तथा भौतिक संरचनाको पूर्ननिर्माणको लागि केन्द्र सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए । यस्तै विहिबार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासनसँग पनि भेटेर अछाममा वाढी र पहिरोले पु¥याएको क्षेतिको वारेमा पनि जानकारी लिएक छन् ।

यस्तै विहीबार नै राष्ट्रिय सभा सदस्य कुँवरले साँफेबगर नगरपालिका वडा नं.४ मष्टमान्डौंमा वाढीले पु¥याएको क्षेतिको वारेमा निरिक्षण पनि गरे । वुढीगंगा नदीले गरेको कटान रोक्न तथा साँफेबगर नगरपालिका, एरर्पोट वजार र साँफेबगर विमानस्थलको संरक्षणको लागि पहल गर्न बताए ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले साँफेबगरमा वाढीले पु¥याएको क्षेतिको वारेमा राष्ट्रिय सभा सदस्य कुँवरलाई जानकारी गराएका थिए । साँफेबगर नगरपालिका वडा नं.१ स्थित वैद्यनाथ धाम क्षेत्र, कौडा र वडा नं.७ रिडिकोटस्थित सिस्ने क्षेत्रमा वुढीगंगा नदीले गरेको कटानको पनि स्थालगत निरिक्षण गरेका छन् । उता चौरपाटी गाउँपालिका वडा नं.४ पायलस्थित चोईटे क्षेत्रमा गरेको कटानको पनि निरिक्षण गरिएको छ ।

जिल्लामा वाढी र पहिरोले पु¥याएको क्षेतिको अल्पकालिन तथा दीर्घकालिन योजनाको लागि संसदमा आवाज उठाउने प्रतिबदता उनको छ । आफू काठमान्डौं गएपछि संसदसँगै मन्त्रीसँग समस्या समाधानको लागि छलफल गर्ने बताए ।