मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सर्‍यो

नेकपा सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सर्‍यो

सुदूर आज

काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (शनिबार) ११ बजेलाई तय भएको सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो ।

भेटवार्तापछि सचिवालयको बैठक भदौ १८ गतेसम्म सार्ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो ।

भोलिको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा पेस गर्ने कार्यसूची थियो । पार्टीभित्रको विवाद समाधान हुन नसक्दा साउन १८ गतेदेखि स्थायी कमिटी बैठक पनि बस्न सकेको छैन । 

भोलिको बैठक स्थगित हुनुको कारण भने खुल्न सकेको छैन ।