मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा कोरोनाले ६ हजार २६१ को मृत्यु, २ लाख ८१ हजार बढी संक्रमित

२४ घण्टामा विश्वमा कोरोनाले ६ हजार २६१ को मृत्यु, २ लाख ८१ हजार बढी संक्रमित

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार २६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

अघिल्लो २४ घण्टामा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८१ हजार कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा निकै धेरै हो । अघिल्लो २४ घण्टामा २ लाख ६७ हजार ६७० कोरोना संक्रमित थपिएका थिए । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख २७ हजार ७३० जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ४२ लाख ९९ हजार ९२३ पुगेको छ ।