काठमाडौँ – विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४२ लाख ९९ हजार ९२३ पुगेको छ ।
भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख २७ हजार नाघेको छ । हालसम्म कोरोनाले विश्वमा ८ लाख २७ हजार ७३० संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । २१६ देशमा फैलिएको कोरोना
प्रतिक्रिया